साहित्यकार

मुक्तिनाथ शर्मा नेउपाने

प्रकाशित कृतिहरू:

नारी वा पुरुष: जीवन रोजाई, कल्पना संसार – उपन्यास, चन्द्रावती किशोर – उपन्यास, शिवपुरी यात्रा – बालकाव्य, रमाइलो छुट्टी – बालकथा सङ्ग्रह, हामी बालतारा – बालकविता सङ्ग्रह, अरु ..

सबै कृतिहरू हेर्नुहोस्

पछिल्लो पुस्तक विमोचन

साहित्यकार मुक्तिनाथ शर्मा नेउपाने

महाभारत विश्वकै महानतम ग्रन्थ हो विषयका दृष्टिले र आकारका दृष्टिले पनि । योभन्दा पनि अति महानतम छन् यसभित्र रहेका धेरै थरि प्रसङ्गहरू । यसैभित्रको एउटा अंश भगवद्गीता महाभारतीय महायुद्धको अपरिहार्य घटनाक्रमले अकस्मात् जन्माएको स्वाभाविक कृतिका रूपमा उपस्थित हुन पुगेको देखिन्छ ।

Buy On Daraz
Order on Phone

परिचय

नाम: मुक्तिनाथ शर्मा नेउपाने

जन्म: १९ फागुन, १९९६

जन्मस्थान: लमजुङ, दुराडाँडा, खुम्रुक

हाल बसोबास: नयाँ बानेश्वर, काठमाडौँ-१०

लामो समयदेखि लेखन कार्यमा सक्रिय रहँदै हालसम्म साहित्यका विभिन्न विधा र साहित्येतर विधामा समेत उत्तिकै सशक्त रहनुभएका नेउपाने नेपाली साहित्यका अमर कलमजीवी हुनुहुन्छ । यो पछिल्लो कृतिले फरक स्वादसहित नेपाली पाठकसामु उदाउने सौभाग्य पाएको छ । लाखौ पाठकको अन्तरहृदयमा सुरक्षित अवतरण हुने कुरामा दुईमत छैन ।

– दीनदयाल रेग्मी

पुरै पढ्नुहोस

मुक्तक

मन्काेडाेरी खिएछ कि चट्टै छिन्ला जस्ताे भा छ

By |July 25th, 2022|मुक्तक|

मुक्तक === मन्काेडाेरी खिएछ कि चट्टै छिन्ला जस्ताे भा छ मनचरी उम्किएर हिड्ला हिड्ला जस्ताे भा छ मन आफ्नै बसभित्र हुनुपर्छ विज्ञ भन्छन् त्यसाे गर्न नसकेर मनै उड्ला जस्ताे भा छ ।

बिरुवा सारिएकाे हाे सर्याे लेखनी गम्कियाे

By |July 25th, 2022|मुक्तक|

मुक्तक === बिरुवा सारिएकाे हाे सर्याे लेखनी गम्कियाे मलपानी नपुग्नाले नफुल्याे न त फैलियाे अहिले फल लागे छ पाक्ला खाम्ला भनिकन आशा पलाउदै आयाे जाला कि अझ फैलिन ।

चुनावकाे चल्याे चर्चा चिर्विराए चरीहरू

By |July 25th, 2022|मुक्तक|

मुक्तक === चुनावकाे चल्याे चर्चा चिर्विराए चरीहरू आशा बाड्नेहरू निस्के यहाँ ऐले खुरुखुरु सक्कली नक्कली जाच्न कसी लगाउदै गराैं भन्दै छ अहिले हर्के सही थाप्छन् युवाहरू ।

रुख खायाे ऐजेरुले खेती खायाे झारले

By |July 20th, 2022|मुक्तक|

मुक्तक === रुख खायाे ऐजेरुले खेती खायाे झारले बस्न खान कठीन भाे बैरी अत्याचारले राजनीति के भाे के भाे कुबाटाेमा लाग्याे जरा गाडीसकेकाे छ ऐले भ्रष्टाचारले ।

अनायास टूलाे दर्जा मिल्नाले गम्कियाै तिमी

By |June 25th, 2022|मुक्तक|

मुक्तक === अनायास टूलाे दर्जा मिल्नाले गम्कियाै तिमी गाैंडा गल्छा तथा खाल्टा नहेरी दाैडियाै तिमी जाेसमा हाेस आएन जथा भावी भए छ कि पछि त खुस्कियाे दर्जा बेसरी आत्तियाै तिमी ।

अब कलम् लिइदैन भित्र मसी छैन

By |May 11th, 2022|मुक्तक|

मुक्तक === अब कलम् लिइदैन भित्र मसी छैन माेवाइल् ल्याप्टप् भए पुग्छ अरु चाहिदैन जमानाले पल्टा खायाे नयाँ युग आयाे पुराना चिज् खाेजे पनि अब पाइँदैन ।

सबै हेर्नुहोस्

कविता

यसकाे नाम “छाता”

By |July 25th, 2022|कविता|

कविता   याे सारै गुणकारी छ पराेपकार गर्दछ सेवाकर्म सदा गर्छ धर्ममा अघि बढ्दछ याे अत्त्याचार गर्दैन खप्न सक्दैन नीचता याे भ्रष्टाचार गर्दैन निष्कलङ्कछ सर्वदा ।। यसकाे नाम"छाता" हाे शिरमाथि रहन्छ याे आँफै [...]

आमा !

By |April 30th, 2022|कविता|

कविता   हजुरकाे छाेराे साहिलाे चक्चके भई काखमा लुट्पुटिएकाे सम्झन्छ अहिले पनि तर त्याे अहिले छैन मनमा जब आउँछ निस्कन्छ जल आँखाकाे भित्र भत्भति पाेल्दछ ।। हजुर स्वर्गमा जाँदा राेयाे याे आत्तियाे अति [...]

सबै हेर्नुहोस्